Last modified on 18 दिसम्बर 2017, at 09:58

साथी हुन् चुस्छन् नै / राजेन्द्र थापा


साथी हुन् रगत त चुस्छन् नै
तर, उपियाँ साथी नराख्नू
जीउमै लुक्छ, टोक्छ र उफ्रेर हराउँछ
बरु लामखुट्टे साथी राख्नु
कमसेकम चुस्नुअघि
भूँ गरेर खबर त गर्छ।