Last modified on 20 मई 2017, at 00:36

सार्की / लक्ष्मीप्रसाद देवकोटा

कनिका–टीप,
सडल चम्र्ममा राख्छन् सीप,
थामन प्राण,
विष्णुमतीमुनि अनगिन जल गो
करवीर चिताले पुस्तौँ दाबी
समाज, व्यक्ति कुन हो पापी ?
मलको थुप्रो सडक किनार
ज्ञानी गुनीको चल्दछ धार
दृगमा दिल खै ?
मानवता गीत हजार !
धम्र्मपथमा प्रेम–प्रसार
कसकन मूक अपील है ?
वैज्ञानिक एक धम्र्मतन्त्रले
राख्दछ स्थिति यो च्यापी !
समाज, व्यक्ति, कुन हो पापी ?
ए रे मखमल सेज मुलायम !
आधा घण्टा देऊ त टायम,
निम्ता मान,
यो चिथराको, चोक–चराको,
त्यक्त, अजान !
उडुसहरुसँग सोध त केही,
निज मानवताको नापी !
समाज, व्यक्ति कुन हो पापी ?
श्रम बाङ्गो हर, कुप्री निरन्तर,
ढुसी मुखमा, सूज खुट्टी भर ।
दम, खाँसी ।
क्वाक्र्वार्त निशिभर, ढुङ्गा शिरभर,
किरणविना क्वै, उदरप्रति डर,
तम–वासी—
हुनु मानिसकन के हो भन्ने
अनुभव केवल च्यापी
निस्क त मानिस !
मानिस तिमीले मर्नुपथ्र्यो
शिरमा भुङ्ग्रो थापी—
समाज, व्यक्ति कुन हो पापी ?