सुखीहरु जुनबेला आत्मदाह गर्छन्
त्यही बेला साथी वाहवाह गर्छन्
आफ्नाहरु केबल तर्कीतर्की हिंड्छन्
परायाले मात्र किन चाह गर्छन्
प्राप्ति हारें, गुमाउनु जितेको छु
भ्रममा छन् तिनीहरु डाह गर्छन्
कता–कता हो, बाटो देखाउनु त
अल्मल्याउँछन् सधैं ‘गुमराह’ गर्छन्
धेरै कुरा दिएको पो दावी होला
पाएको छु घृणा, माया कहाँ गर्छन्