Last modified on 19 जनवरी 2022, at 11:26

सुन मेरा पीर व्यथा / श्रीपुरुष ढकाल

सुन्न सक्छौ भने मात्रै सोध मेरो जीवन कथा
सहन सक्छौ भने मात्रै सुन मेरा पीर व्यथा

धेरै चोटि जिन्दगी यो टनटनी दुःखेको छ
आफ्नाले नै जलाउँदा भत्भती पोलेको छ
हेर्न सक्छौ भने मात्रै हेर मेरा दुःख अथाह
सहन सक्छौ भने मात्रै सुन मेरा पीर व्यथा

मैले हाँस्ने हाँसोभित्र नियालेर हेर्यौ भने
आँसु मात्रै भेट्छौ तिमीले गहिरिएर खोज्यौ भने
पुछ्ने आँट भए मात्रै पुछ मेरा चिसा आँखा
सहन सक्छौ भने मात्रै सुन मेरा पीर व्यथा