हे प्यारी ! तिमि ह्याँ’ छँदा कमलमा बस्थ्यो भ्रमर मग्न भै
शोभा थ्यो बहुतै तलाउ यसको अब् ता विशोभा भयो ।
चेत्याँ भो अब ता पियारि ! अबलाइ हात् जेरि बिन्ती गरें
हा ! हा ! प्यारि ! गयौ कता अब म ता भारी विपत्मा परें ।।१।।
कोही रातका पलङ्मा सुतिकन मनमा सो प्रियाका लहड्मा
यीयाँ तेसै बखत्मा स्वपन हुनगयो नायिकाका बगलमा ।
दूई काला पुरुषले अगल-बगलमा हातले चट्ट रोक्दा
दुइ टुक्रा बादलैका बिच परिरहने चन्द्र झैं चट्ट देख्याँ ।।२।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)