Last modified on 21 अगस्त 2020, at 22:19

सूर्यास्त / डानियाला भिकू / सुमन पोखरेल

सूर्य
रङ्गहरूको निश्वासका गहिराइमा डुबेर
अमूर्त मौनतामा हराउँछ ।
सृष्टी
वासनायुक्त अतीतको सुगन्धहरूमा घोलिन्छ ।

फूलको रङ्गमा विलिन भएर
रातलाई झ्याँउकीरीले गुनगुनाइरहेको सेतो तुसारे धूनमा गाउँदै
सपना
सृष्टीको संवेदनभरि दौडन्छ -
आणविक तृष्णालाई मुक्त गरेर ।