सेरो र फेरो मेरो, अँध्यारो पारी गयौ २
सुकाई मूल फूल निमोठी फ्याली गयौ
उर्लन्छ यो छाती भित्र व्यथा असह्य भई २
गह भरिन्छ आँशुले रात दिन संधै
आशाको घर मेरो अँध्यारो पारी गयौ २
बिलौना यो मनको निख्रने कहिले होला २
यो जुनीमा सुगन्धी हावा बहने कहिले होला
के को बदला लिई अँध्यारो पारी गयौ