सुनधारामा पानी भर्छन्
टुँडिखेलमा चर्छन् गाई
रत्नपार्कमा घुम्छ सिपाही
हुन्छन् नाङले पसले त्राही
धरराको त्यो टुप्पो हेर्दा
शिरमाथिको टोपी खस्छ
भई पुराना हटाइएका
सालिकमाथि कौवा बस्छ
सुकिला कपडा भिर्नेहरूसँग
भोका-नाङ्गा पैसा माग्छन्
बार्हा बजेको तोप पड्किँदा
चर्न बसेका परेवा भाग्छन्
घण्टाघरमा बज्न गयो दश
विद्यार्थीले भरियो क्याम्पस
हामी पनि अब स्कूल जाऔं
हिजो दिएका पाठ सुनाऔं