Last modified on 3 दिसम्बर 2020, at 10:06

स्पर्श / ओक्टाभियो पाज / सुमन पोखरेल

मेरा हात
उघार्दछन्
तिम्रो अस्तित्वका पर्दाहरू।
 
तिम्रो पहिरन भइदिन्छन्
अझ नग्न हुनबाट जोगाउन।
उदाङ्गो पारिदिन्छन्
तिम्रो शरीरका अनेकन शरीरहरूलाई।
 
मेरा हातहरू
तिम्रो शरीरका लागि आविष्कार गर्दछन्
एउटा अर्को शरीरको।

इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ