कुरानलाई दुई हातले बोकेर नेत्रहीन एक भक्त
ओठले छुन्थ्यो,
दुबै आँखाले चुम्बन गर्थ्यो।
निधार झुकाएर श्रद्धाले यसरी ढोग्थ्यो
मानौँ, श्लोकहरू पढ्न नसके पनि
तिनको स्पर्शलाई अनूभूत गरिरहेथ्यो।
म विष्मित हुँदै गएको थिएँ
म विष्मित भएर अडिएको छु।
चुमेर तिम्रा हातलाई
छोएर आफ्ना आँखाले,
आज मैले
पढ्न नसकेका श्लोकहरूलाई
तिनको स्पर्शबाट अनुभूत गरेँ।
...................................................................
इस कविता का मूल हिन्दी पढ्ने के लिए यहाँ क्लिक करेँ ।