सावधान रहू, सतर्क रहू
उपद्रिया छ तिम्रो छोरो
हात नछोड उसको
हरेकको सल्लाह
एयरपोर्ट जाँदा।
टिकट, पासपोर्ट, सामानहरू
यो र ऊ ।
बल्ल फेरेँ सास
झ्यालतिरको सिटमा बसाएर
बाँधिदिएर सिट बेल्ट
तीन घन्टासम्म समातेको
उसलाई छोडेपछि।
आँशुले भरिएका थिए उसका आँखा
सिटबेल्ट खोल्न खोज्ने सङ्घर्षमा...
अति बढी सुँकसुँक र सङ्घर्ष,
कुनै कामको थिएन
एयरहोस्टेजले दिएको चकलेट
घर फर्किन जिद्दी गरिरहेको
मेरो प्यारो छोरालाई...
प्लेन अपेक्षित अवस्थामा पुगेपछि
निभ्यो सिटबेल्टको चिन्ह ।
मेरो छोराको सिटबेल्ट खोल्ने बित्तिक्कै
स्प्रिङ लागेजसरी उफ्रिएर निस्कियो सिटबाट
यता र उता हिँड्न थाल्यो प्यासेजमा
समातिनबाट जोगिँदै।
एकएक गर्दै प्यासेजमा निस्किए
उडानमा भएका अरू केटाकेटी
र पुगे ऊसँग मिसिन।
बादलमा बिलायो उसको निद्रा
जूनको चमक आइपुग्यो उसको अनुहारमा
उसका आँखामा आइपुगे चम्किरहेका तारा र
उसका गोडामा लागे पाङ्ग्राहरू...