Last modified on 3 मई 2020, at 12:02

स्वदेशी घाउ बोकी / गीता त्रिपाठी

स्वदेशी घाउ बोकी विदेश जाने दाइ
चाहिँदैन गरगहना, चाहिँदैन दाइजो मलाई
 
तिम्रो मायालु आँगन मेरो छहारी बनोस्
तीजै र तिहारको मिलनको दिन गनोस्
बस्दिनँ महलमा तिम्रो स्वाभिमान जलाई
चाहिँदैन गरगहना, चाहिँदैन दाइजो मलाई
 
स्वदेशी छाती केवल ढुङ्गा-माटो नठान
पसिना यहीँ बगाऊ लाज कत्ति नमान
मातृऋण उतार गरी सबको भलाइ
चाहिँदैन गरगहना, चाहिँदैन दाइजो मलाई