उनी चिप्लिन्छन र चोट लाग्छ
सोचेर भइरहे खस्रो
चुपचाप चुपचाप उनकै
सुन्दर अक्षरहरुको सयपत्री फुलिरहें
उनी हिड्ने संभावित गोरेटो
सजाउने गुलाफहरुलाई
मनको बादलले छोपिरहें ।
आत्मिय तरङ पछ्याउदै
निरन्तर बग्छिन् उही बाटो
कलात्मक उद्यानको पानी फोहोरा
रंगिन फिजिन्छिन्
अनेकौ ताराहरुवीच जुन जगमगाउछिन
बसुन्धराको सुगन्ध पहिलो झरि मगमगाउछिन् ।
भ्रमहरु बलेर मैन पग्लन्छु
युद्धबिरामको विगुल फुक्छु आत्मसर्मपणमा
रहर रोपेर प्रहर हुर्काउने उनीसंग
चरा उड्न थाल्छु पे्रम पवनमा
मिसिएर बसेका बलौटे गिटिहरु चालेर
भएको छु मसिनो
पुर्णत मनमा घुले