हरहर महादेव पानी दे
यतिले पुगेन अली थपिदे
खरानीको डल्लो कति साह्रो
महादेवअलाई पानी दिन कति गाह्रो ।
आँत सुकेका धेरै-धेरै स्वरहरु
शून्य-शून्य आकाश हेर्दै
भोक चिच्याइरहेछन्
भोक लाग्यो खाना दे
तिर्खा लाग्यो पानी दे
हामीले पनि त बाँच्नुपर्छ
बास बस्न छाप्रो दे ।
भोकको लावा भोकेर
स्वरहरु डाँडान दन्किरहेछन्
सुकेका बाँसहरु बलेको आवाज
ज्वालामुखी बनेर लावा पोखिरहेछन्
भोक लाग्यो खाना दे
तिर्खा लाग्यो पानी दे
हामीले पनि त बाँच्नुपर्छ
बास बस्न छाप्रो दे ।