हिमालका काखमा छ हाम्रो राम्रो देश 
हाम्रो देशजति राम्रो संसारमा के छ ? 
हेर कति रमाइलो हाम्रो नेपाल । 
पाहारिला पखेरामा खोलावरिपरि 
सालिम्मो र बाबियो-खरूकिका धारी 
हेर्दा कति राम्रो लाग्छ हाम्रो नेपाल 
लाहाँचेको मिहिनेत, गौंथलीको शिप, 
बकुलाको धीरता र मयुरको नाच, 
चारै गुण शिकाउँछ हाम्रो नेपाल । 
बानरका बथानले उफ्री रूख-रूख 
देखाउँछन् नेपालीको जारिलो ढप, 
जाडरको घर हो हाम्रो नेपाल । 
थुतुनामा पात चेपी हरिनका हांच 
परस्पर ग्राङ दलि भन्छन मनसित 
शान्ति दिने देश हो हाम्रो नेपाल । 
 
ढुक्क मानी मुडुली झाँफतिर हेरी 
आकाशको शुन्छे बोलि घिचों टेढो पारी 
प्रेम मय देश हो हाम्रो नेपाल । 
निगालेको निर्जनको गर्जनको घन्को 
शुन्दै जान्छ नेपालका दुश्मनको सातो, 
वीरताको भूमि हो हाम्रो नेपाल । 
घमाइला पाखा अनि घुमाउरा नागी 
गीत गाउन् गोठालाले तिहीं नाची नाची 
पाउला के उपमा हाम्रो नेपाल । 
असारका रोपाञी र मङसिरका दाञी
हेर्न झर्छन् इन्दु पनि रूप छिपाई 
गन्धर्वले झुराउँछन् हाम्रो नेपाल । 
नेपालका छोरा-छोरी जाउन जति टाढा 
देशभक्ति हृदयमा हुन्छ उति गाढा, 
बिर्सन को सक्ला अहो हाम्रो नेपाल । 
मादलको ताल टिपी "छम्म नानी" गाई 
घुमी--घुमी नाचिएको जीउ मरकाई 
झलझल सम्झिनेछ हाम्रो नेपाल . 
तीज पनि पश्चिमीको सँगिनैको सुर 
रहरमै रात जाने पालो नपुगेर 
तुम्बुरूको देश हो हाम्रो नेपाल । 
फेरो मारी गीत गाई धान-नाच नाची 
वसाएका पीरती देउता भाकी-भाकी 
जति सम्झ उति राम्रो हाम्रो नेपाल । 
रतेलीका उटाङ र मारूनीका पारा, 
गाइ जात्रा हेर्न लाग्ने रमितेका धारा 
सम्झाउँछन् विदेशमा हाम्रो नेपाल । 
चायन । र सोरटी देउडि र रोदि 
वैस हुँदा खेलिएको जोडी रोजी-रोजी 
सम्झंदैमा राम्रो लाग्छ हाम्रो नेपाल । 
आदर्शले भरिएको इतिहास पढी 
खिया झारी राम्रो पारी हीरा मोती जडी 
संसारको रोजा पारौं हाम्रो नेपाल । 
हाम्रो नेपाल-बाट २००८