Last modified on 28 दिसम्बर 2020, at 19:46

हावासँग बगूँ भन्छ / शिवशङ्कर थापा

हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ
यो मनको आगो फेरि कहीँ कतै सल्कूँ भन्छ
चट्टानलाई फोरूँ भन्छ, पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उजेलोमा भनूँ भन्छ

रुने आँखा चिसो हुन्छ, हाँस्ने ओठ नीलो हुन्छ
मरी जाने मान्छेलाई बाँच्न कति कथा हुन्छ
यो रातको कथालाई उजेलोमा भनूँ भन्छ

कति कमजोर मन रै'छ, फुटिजाने डर हुन्छ
कति कमजोर फूल रै'छ, झरिजाला जस्तो हुन्छ
यो रातको कथालाई उजेलोमा भनूँ भन्छ

हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ
यो मनको आगो फेरि कहीँ कतै सल्कूँ भन्छ
चट्टानलाई फोरूँ भन्छ, पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उजेलोमा भनूँ भन्छ