Last modified on 5 जून 2017, at 11:07

हिँडाइ / धिरज राई

जब-जब तिमी
मेरो छेवै भएर जान्थ्यौ,
तिम्रो हिँडाईको बहावसँग बयली खेलिरहन्थ्यो मुटु ।

तर अहँ,
कहिल्यै सोधिन त्यो हिँडाइलाई
मसँग आँखा जुध्दा बिग्रिने चालको रहस्य |