आज प्रभातमा
हिमालको "यो र डो' र" बादल रहेछ हिंडी
त्यही माथि साना-साना दुइवटा टुप्पा
मेरो दाहिने पहाडका आडमा रहेका लुकी
सूर्य-किरणको रूपाली दली रहेछ उभी;
मानो, दुइ कलीला कुञ्जका, हरीया हंसी विक्षिप्त भएर,
लुकाएर राखेका सयपत्री फूलका कलि;
अथवा,-यौवन-सम्भवा बालिकाको
नग्न-वक्ष-आवरण,-अवाध्य वसनभनि-
उद्भूत-प्रायः स्तन दुइ अरे,-
जीवनका दुइ पाला भरखर राखेका बाली ।
एक छेउनेर, शिखरकै छेउमा .
ठूलो एक बादलको टुक्रा कुकुरको आकारमा
भूमितल हेरिरहेछ बसी
मेरो प्रलोभनमाथि,
सावधानीसित, नयनमा नयन राखी
रहेको हेरेर-एक जाग्रत प्रहरी।
सौन्दर्यको अनुभूतिमनि
जागेको मेरो लिप्साका मूलमा, जति पन्यो शीतल पानीका धारा
कुकुरको त्यो नयन-लेहन मेहन मेरो जीवनको काममा-दहन
तर;-
अतृप्तिको वेदना-गाथा।
................................................
प्रभात, १।११, अगस्त १९५१, (२००८)