Last modified on 5 अगस्त 2020, at 23:06

हृदय / कुमार नेपाल

दूर क्षितिजमा
मन्दिरको आँगनमा
घण्टा बज्यो आवाज पग्लिदै,
निशाको पर्दा खुल्यो
रातको आँखामा धूलो पो, बिझायो;
तर लाखौँ छन् स्वप्निल जगत्‌मा अस्तव्यस्त –
यो आवाज!
कसैको स्वागतलाई होला,
ईश्वरको पूजालाई होला,
मानवको रक्तमा;
अदृश्यमा
डरको शङ्का जंजमाउँछ,
 बज्र नसाहरूमा दौडन्छ,
प्रिये, तिम्रो पूजा गर्न सकिनँ!!!
बन्द नजर,
ढलेको हृदय,
आह !
लौन मेरो हात लाटो भयो,
मुस्कान आयु यो ओठमा छोटो भयो।