होस खोस्ने मुस्कान तिम्रो अधरका मादक प्याला
नपिई सक्दिनँ थाम्न बरू यो ज्यानै जाला
गुलाफका कोपिला हुन् कि यो पिरतीको रङ्ग हो
संसार नै समेटेको यो कस्तो अनौठो अङ्ग हो
ओठ तिम्रो बेइमानी त्यस्तो हो, या उस्तो यो बेला
नपिई सक्दिनँ थाम्न बरू यो ज्यानै जाला
अनुरागले बनायौ दैव, या बनायौ मातले
आरिस लाग्छ यी ओठ कतै छोयौ कि तिमीले हातले
यी अधर त मेरा पो हुन्, यी हुन मेरा मधुशाला
नपिई सक्दिनँ थाम्न बरू यो ज्यानै जाला