Last modified on 26 जुलाई 2016, at 00:50

चट्टान जस्तो आकाशमा / विमल गुरुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 00:50, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कहाँ हुन्छ पर्खेर त्यसरी
पर्खनुपर्छ
केही समय उभिनुपर्छ
तर, हुन्छ सिमा सबैको
बादलहरुको किनारामा बसेको
चट्टानजस्तो आकाशहरुमा बगिरहेको
सिरेटोले के साउती मार्दैछ तिम्रो कानमा?
याद भएन?
कहाँ हुन्छ पर्खेर त्यसरी,
त्यसरी त रात पर्छ,
कामहरु अझै थुप्रै
खेतमा,करेसामा, चुलामा
कहाँ हुन्छ पर्खेर त्यसरी
ढिलो भइसक्यो
अब त
हतार-हतार डल्ला ठोक, ठोक्नुपर्छ ।