Last modified on 26 जुलाई 2016, at 01:29

भत्किएको पङ्खा: भत्किएको सौन्दर्य / विमल गुरुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 01:29, 26 जुलाई 2016 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

असङ्ख्य मान्छेका
असङ्ख्य कुर्सीहरूमा
म पनि बाँच्दै गर्दा
लङ्गडो एउटा पँखा
करैकरमा नृत्य प्रदर्शन गरिरहेछ ।

भत्किएको सौन्दर्यमा विहुल बाँधेर
धरहराबाट हामफाल्न आँटेकी
कुनै शोकाकुल स्वस्नीमान्छे झैं
आँखामा 'बैकाल' सजाएर
ढुङ्गाहरूमा अनायस ठेस खाएर
रोकावटहरूलाई पानीका धारले खियाएर
नदी झैं सुसाउँदै
भत्किएको पङ्खा
बाँङ्गिएर विपरित दिशामा मोडिएका धर्साहरू
सिधा पारेर
आफ्नो सौन्दर्य स्थापित गर्न खोज्दै
मेकअप रूमको लाम्चो ऐनाको
सामुन्ने पुग्न खोज्दैछ ।
तर असफलताका परिणामका लिष्टहरू
मात्र निस्कन्छन् ।

असफलताका परिणामका लिष्टहरु मात्र निस्कन्छन्
भत्किएको लङ्गडो पङ्खा
भत्किएको सौन्दर्यको
भयावह

विभत्स चित्रको स्मरणमा
डुबुल्की मार्दामार्दै
किन हो कुन्नि ?
एक्कासी
ठूलो आवाज चिच्याउँदै कहालिन खोज्दैछ
सायद,
चरमबिन्दुमा पुगेका उग्रब्याधाहरू
ऊ दबाउन खोज्छ
तर, प्रयासहरू अनुतिर्णको पर्खालमा पछारिन्छन्
मात्र पछारिन्छन् ।

प्रयासहरू अनुत्तिर्णको पर्खालमा पछारिन्छन्
सुस्केराका लामा-लामा क्षणहरु निर्यात गर्दै
घरी-घरी
खुट्टाको बुढीऔंलाले माटो कोट्याउँदै
लङ्गडो अपाङ्ग पङ्खा झोक्राइरहेछ !!
रक्सीको बन्द बोतलभित्र !!!