Last modified on 26 जुलाई 2016, at 04:30

यहाँ प्रभात पनि / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 04:30, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=हज...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

यहाँ प्रभात पनि रात हुन थाल्या छ
अब माया पनि आघात हुन थाल्या छ

कसको गरौँ विश्वास यहाँ धोका धेरै भयो
एउटा मुटु थियो भत्केर खेरै गयो
यहाँ चाहनाको पनि जात हुन थाल्या छ
अब माया पनि आघात हुन थाल्या छ

कसरी रोकौँ निश्वास, अत्यास धेरै पर्‍यो
एउटा तृष्णा मनको मनभित्रै मर्‍यो
यहाँ तिर्सनामा पनि मात हुन थाल्या छ
अब माया पनि आघात हुन थाल्या छ