Last modified on 26 जुलाई 2016, at 05:55

तिमीले जलाएको मुटु / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 05:55, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=हज...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

 
तिमीले जलाएको मुटु अझै जलिरहेछ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर

मेरा तिर्सनामा तिमीले पिएकीछ्यौ
भाका मुर्च्छानामा तिमीले दिएकीछ्यौ
चोट बनी मेरा गीतमा लेखिइन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर

सम्झनाहरूमा तिमी नै बसेकीछ्यौ
वेदनाहरूमा तिमी नै पसेकीछ्यौ
आँसु बनी मेरा आँखामा आइदिन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर