Last modified on 29 जुलाई 2016, at 22:25

तिम्रो अधरलाई आज / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:25, 29 जुलाई 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=हजा...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

 
तिम्रो अधरलाई आज रक्सी भन्न मन लाग्या'छ
चुमिदेऊ मलाई एकपल्ट रक्सी बन्न मन लाग्या'छ

काला लामा केश ती दिउँसै रात बोक्दछन्
ती नशालु आँखा जहाँ हेर्छन्‌ मात पोख्दछन्
बैँसालु ती ओठमा यी ओठ राख्न मन लाग्या'छ
चुमिदेऊ मलाई एकपल्ट रक्सी बन्न मन लाग्या'छ

लुकेको यो मनको सबै बात भनुँ कि जस्तो
रोम रोम तिमीलाई नै मात भनुँ कि जस्तो
तिम्रा अङ्ग-अङ्गको मात पिउन मन लाग्या छ
चुमिदेऊ मलाई एकपल्ट रक्सी बन्न मन लाग्या'छ