Last modified on 4 अगस्त 2016, at 21:36

फूलझैँ मुहम्मद अखलकको कुकुरझैँ मृत्यु / मुनाराज शेर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:36, 4 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मुनाराज शेर्मा |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


धर्तीमै सभ्य र सर्वश्रेश्ठ मानव हरुको वस्तिमा
आफ्नै पसिनाको एउटा सानो घर छ मोहम्मद अखलकको
मान्छेहरु अनकन्टार जङगल मा बस्दैनन
उसलाई विस्वास छ
ऊ सब भन्दा बढी त्यही मानव बस्तिमा सुरक्षित छ
हाम्रो जस्तै मन भएको
आम मान्छे जस्तै चेतना भएको
अरुको जस्तै हृद य भएकोअखलक
दिनभरिको पिडा भुल्न आरानको थकान मेट्न
मासु भात खाने तयारी गर्छ
एकाएक एउटा आगो जस्तै हल्ला सल्कन्छ
अखलक गाइको मासु खादै छ
सयौको भिडले अखलक यसरि चुटिन्छ
मानौ हामी कोदो चुटिरहेका छौँ
मान्छे चुट्नु कानुन सम्मत हो
या जसरि अखलक फलाम चुटिरहेको छ घनले
फोरेन्सिक ल्याब रिपोर्टले प्रमाणित गर्छ खसिको मासु
जतिखेर अखलक यो लोकमा थिएन
थियौ त हामी सम्वेदनाहिन हरु
अविवेकीहरु लाचार कायरहरु पानी मरुवाहरु
तेसपछी ;
लेखकहरूले आत्मग्लानी महसुस गरे
र, सम्मानहरु फिर्ता गरे
तिमीले त यादै गरेनौ र सामन्य घटना भन्यौ

जुन देशमा तिमी बस्छौ
त्यही देसमा अखलकको पुर्खेउनी विरासत छ
सदियौ पूर्व देखी हजारौ अखलक हरुको
पसिनाको आगो छ
तिम्रो देसको बन्दुक हरुमा
जसले सत्रुको छाती छेड्यो
र रखबारी गर्‍यो तिम्रो देस
हजारौ बर्ष देखी तिम्रो खेतमा झुल्ने बालिहरुमा
तिम्रो आगनको डिल मा फुल्ने फूलको अनुहारमा
उसको पसिनाको अनुहार छ

पत्त्यार लाग्दैन भने पखालेर हेर
तिमीले चलाउने प्रतेक औजारहरुमा
हजारौ अखलक हरुको रगत बग्छ
 विस्वास छैन भने तिम्रो सङ्ग्रहालयको बन्दुक निकाल
पल्टाऊ इतिहासका पानाहरु
सायद तिम्रो निरङ्कुश सम्राटको नामले छोपिएको होला
उसको मेहेनत र कौशल
लाखौ अखलकरुको मासुको चोक्टा खस्छन्
उप्काऊ तिम्रो मन्दिरको गजुरहरु गुम्वजको अदित्य कलाहरु
हो त्यहिबाट देखिन्छ हजारौ अखलक हरुको हड्डिको रङ्ग
उसको हात काटिएको पुरस्कृत चित्र
त्यही बज्दछ उसको बलिदानको गीत
जहाँ तिमी दैनिक सयौ अखलक हरुलाई घृणाले हेरी सकेपछि
पुग्छौ सबेरै आराधना गर्न पुजा गर्न

कसरी उब्जन्छ कुरुपता तिम्रो मस्तिस्कमा ओ मान्छे
कसरी पलाउछ असमानताको वृक्ष तिम्रो मनमा ओ मनुष्य
कसरी फैलन्छ हत्याको आधी तिम्रो हृद य भित्र हे मानव

कसरी ह ? कसरी ?
त्यै मिनार त्यै ताजमहल त्यै लालकिल्ला
तिमीलाई सुन्दर सुन्दर लाग्यो
विहङ्गम विहङ्गम लाग्यो
अद्वित्य अद्वित्य लाग्यो
प्रेमिल प्रेमिल लाग्यो
त्यो भत्कँदा तिमी भत्कियौ
र्, तयार भयौ आत्महत्त्याका लागि

हो म त्यही भन्दैछु
कसरी ह ? कसरी ?
आफ्नो हाड छाला आसु पसिना घोटेर
यी सब निर्माण गर्ने अखलख घृणित लाग्यो
र्,
उसको कुत्ताका मौत तिमीलाई कसरी सामन्य लाग्यो ?