Last modified on 5 अगस्त 2016, at 18:37

कालीपारे दाइ कति राम्रो / किरण खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:37, 5 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatNepal...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कालीपारे दाइ कति राम्रो
ढाका टोपी काँधैमा गलबन्दी

शिरमा लाउने शिरको टोपी, पाउमा लाउने जुत्ता
मन मेरो चञ्चल भयो, यता जाऊँ कि उत्ता
बाढी आयो काली गङ्गा, कुनाकानी ठेल्दै
हजुरलाई भेट्न भनी, आको म त खेल्दै
कालीपारे दाई कति राम्रो
ढाका टोपी काँधैमा गलबन्दी

हातभरी ठेला उठे, जोर कोदाली खन्दा
जुनी मेरो यसै बित्यो, भेट होला कि भन्दा
खेतीपाती नै नहुने, ठूलो रुख मुनि
मनको कुरा मनमै रह्यो, बसेकै त छु नि
कालीपारे दाई कति राम्रो
ढाका टोपी काँधैमा गलबन्दी