Last modified on 6 अगस्त 2016, at 01:33

हिमालको काखमा छ / किरण खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 01:33, 6 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatNepa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ

कालो कालो बादलमा केश फिजाउँछु
कलकल बग्दै म यो देश भिजाउँछु
प्रभातमा टल्किएको मोती जस्तो शीत
यो माटोमा रोपेकी हुँ मैले चोखो प्रीत

यो देशमा ल्याउँछु नयाँ नयाँ रंग
रमाउँदै गाउँछु म कोइलीको संग
मेरो हाँसो सँगालेर फूल मगमगाउँछ
मेरो रुप सिँगारेर जून जगमगाउँछ

रात पनि रिझाउँछ मेरो नयनमा
नयाँ दिन उदाउँछ मेरो बदनमा
बतासमा हराउँदै गए पनि पर
स्वर्ग जस्तो नेपाल हो मेरो माइतीघर