भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँझमा समुद्र / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:19, 11 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=घर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



दिनभरि हिँडेको थकित सूर्य
साझपख ढल्केको छ टाउकोमात्रै निकालेर
पानीको बाथटबमा
रङ्गिएको छ समुद्रको पानी उसले पखालेको रातो रङ्गले

जहाजको माथिल्लो भागमा बसेर
आँखाले पिउँदैछन् कोही समुद्रको मादक सौन्दर्य
उठिरहेछन्– छिनछिनमा लहरहरू समुद्रको किनारमा
र हृदयमा उसैगरी

किनारको बालुवामा पल्टेका छन् शान्त मुद्रामा मानिसहरू
र हेरिरहेछन्
आकाशको ऐनामा समुद्रको गम्भीर अनुहार
एकछेउमा गुन्गुन्–गुन्गुन् कुरा गर्दै
रोइरहेछ भोलि टाढा हुने प्रेमीहरूको एक जोडी

यी सब दृश्यहरूबाट
अनभिज्ञ एक युवती बजाइरहिछ गितारमा एक पुरानो धुन

र भुपरिवेष्ठित देशको एकजना बिदेशी कवि
मग्न भएर एकटक
हेरिरहेछ समुद्र– समुद्रमा पानीको पहाड !