Last modified on 25 सितम्बर 2016, at 20:43

आफैँ आफ्नो साथी / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:43, 25 सितम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

छुटेँ म त वल्लो किनार अरूलाई पारि तारेँ
आफैँ आफ्नो साथी भएँ आफैँसँग बात मारेँ

मनै त हो हाँगाहाँगा चाली हिँड्ने वनचरी
खुसी हुँदै उदास हुँदै जीउनुछ यसैगरी
दुख्यो भन्न छोडे मैले आजभोलि रुन छाडेँ
आफैँ आफ्नो साथी भएँ आफैसँग बात मारेँ

हिँडे यात्रा जिन्दगीको कहिले तल कहिले माथि
सुखदुःख दुई भाइ जन्मिदैका मेरा साथी
एउटा गए अर्को आउ“छ उसैसँग रम्न थालेँ
आफैँ आफ्नो साथी भएँ आफैँसँग बात मारेँ