भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
अनपेक्षित / रमेश क्षितिज
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:27, 25 सितम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)
बस्तीबाट हिजो जिन्दगी बसाई सरेर गयो
हा“सी बिदाई गर्न खोजेँ आँसु झरेर गयो
ईश्वरलाई सोधेँ झुपडीमा सवारी हुन्छ कि ?
बाटो मोडेर ऊ महलकै झोली भरेर गयो !
मन्दिरमा भीड छ भजनमा तल्लीन मान्छेहरू
कसलाई पर्वाह सडकमा मान्छे मरेर गयो
पसिना फलेको हेर्ने चाह थियो सबैलाई
तर जो आयो यहाँ भाषण गरेर गयो
जिन्दगी छाँद हाल्दैमा छेकिन्न क्या क्षितिज
तँलाई देखि उसले आँखा तरेर गयो !