Last modified on 20 नवम्बर 2016, at 14:47

एउटा मोडमा उभिएर / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:47, 20 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

त्यही मोडमा आइपुगेको छु फेरि
जहाँबाट छुटेका थियांै हामी
गह्रांै पाइलाहरू लिएर दुई फरक दिशातिर,

अझै चियाइरहेछन् मलाई एकान्तमा
भिजेका केही नांगा आँखाहरूले !

मैले मेटिदिएको थिएँ आफंैले लेखेका अक्षरहरू
परित्याग गरेको थिएँ सम्पूर्ण मोहसत्ता
गला घोटिदिएको थिएँ निर्मम भएर
जर्जर मेरा नवजात इच्छाहरूको,
 
मैले कहिल्यै नफर्किने वाचा गरेको थिएँ
यो भीडमा
जहाँ यौवन लुटिएका अबोध युवतीहरू
समूहको पछिल्तिर बसेर बजाइरहन्छन् ताली
र मञ्चमा कुर्लिरहन्छ उही क्रुर नायक

जहाँ, हेर्दाहेर्दै निरंकुश हातहरू
हत्या गर्छन् सुदूर भविष्यहरूको
र केही होनहार युवा वैज्ञानिकहरू
पलायन हुन्छन्
निरास भएर अनकण्टार गाउँतिर,

यी भीडहरूसँग असम्बद्ध हुन्छु भनेको थिएँ
जहाँ भित्रभित्रै फुटेर मुटु
रक्ताम्य हुँदा पनि
‘आह’ भन्न सक्दैन मान्छे
तर ढुंगाको मूर्तिलाई
झुकेर हजारांै सलाम गर्छ ऊ

कविताको मूल्य नहुने
मान्यता र आदर्शहरू हराएको यो सहरमा
प्रेम र हार्दिकता मेटिएको यो सहरमा
फेरि पाइला टेक्दिनँ भनेको थिएँ,

भीडहरूबाट भाग्नुको अर्थ
आफंैबाट भाग्नु हुँदोरहेछ
दु:खबाट पलायन हुन खोज्नुको अर्थ
जीवनबाट तर्किन खोज्नु हुँदोरहेछ
मान्छे भएर जन्मेपछि
असल–खराब
स्वप्न–दुःस्वप्नले घेरिएर
भीडमै बाँच्नुपर्दो रहेछ !

भाँचिएको मन जोडेर फेरि आएको छु
कुनै युद्धको घोषणा गर्न,
फेरि सच्याउँछु आफंैले मेटेका अक्षरहरू
र सुरुवात गर्छु अन्त्यहीन संघर्षको,

सम्बोधन गर्छु त्यो भीडलाई
फर्काऊ हाम्रो आत्मसम्मान र स्वाभिमानको जिन्दगी–
त्यहीँनेर
पसिनालाई दुर्गन्धित मान्नेलाई भन्नु छ
हाम्रो रगतको नदीका किनारमा छन्
तिम्रा भव्य महलहरू
हाम्रो पसिनाको कुलोले सिञ्चित छन्
तिम्रा सुखद क्षणहरूका बिरुवा

मात्र एउटा भोटमा अवमूल्यन भइरहेको
मान्छेको अस्मितालाई
फेरि झन्डा बनाउनु छ गौरवको !

शुभयात्रा ! शुभकामना छ मलाई मेरो
फेरि हिँड्नु छ मैले
आँखाअघि लम्पसार सुतेको यो रातो बाटो ।
 

स्वप्नकथा

हामी उक्लिरहेछांै
त्यही प्राचिन ठाडो उकाली
यो उही पाटी हो पुर्खाहरूले बास बसेको,

यहीँ आत्महत्या गरेथ्यो एक साँझ
कुनै विद्रोही युवाकविले !

उसले सिरानी हालेको दर्शनको किताब,
आंैला देखिने एकजोर पुराना जुत्ता,
देशभक्तिका गीतहरूको अप्रकाशित पाण्डुलिपि
र मसी सुकेको ऐतिहासिक कलम
छन् – अझै बाँकी छन्,

दुःखीहरूको नफर्किने दिनलाई
हामीले व्यर्थै एक दिन त फर्किन्छ भनेका थियांै कि  ?

कालो मसी घोप्टिएको इतिहासको क्रुर पाना,
दुर्घटनामा मारिएको राजनेताको आधा लेखिएको डायरी
आफ्नो लास बोकेर बेपत्ता हुने सोनामहरू
र विक्षिप्त सतीहरूको कोलाहलपूर्ण मौनता
छन् – अझै बाँकी छन्,

सपना पिएर धङधङिने
गँजडी बानी बसेको हो कि ?
हामीले चिनेनांै समयलाई ?

उत्सवहरूको कालो भित्ता
सहिदकी आमाका टोलाइरहेका शुन्य आँखा,
भोकको ज्वाला, शोकको आघात
व्यक्तिस्वार्थको सुनौलो पिँजडामा बन्दी मन,
सधंै उदाउने सामन्त सूर्य
र कहिल्यै नसुक्ने गहको आँसु
छन् – अझै बाँकी छन्,

कुनै वृत्तको केन्द्रजस्तो
धेरै पर पुग्यांै भनेको – त्यहीँ हुँदारहेछांै
आफू चढ्न जानेनांै शिखरहरू
कि अपदस्थ गर्दैछांै उचाइहरू ?
किन सभ्यताको जंगलीपनाको खियाले भुत्याइरहेछ
हाम्रा गौरवका धारहरू ?
नहुन् यी भनेर कामना गरेका धेरै कुरा
छन् – अझै बाँकी छन्,

पुर्खाहरूबाट सुनेको उही कथा
कसरी सधैं दोहो¥याउने सन्तानहरूलाई ?

केही फरक होस् भनेर
प्रतिक्षारत टक्क अडिएका छन् हाम्रा दृष्टिहरू
त्यही प्रसुतिगृहअगाडि
कुनै अप्रतिम युगपुरुष छोरालाई बोकेर
बाहिर निस्कँदै गरेकी आमालाई हेर्न भनेर ।