भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बादलुको दरबारमा / नोर्देन रुम्बा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:32, 4 जनवरी 2017 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= नोर्देन रुम्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)
बादलुको दरबारमा पहाडको मेला
बन-डाँडाले गाउँछ सधैँ साँझ-बिहान बेला
ओर्ली आकाश त्यहीँ खेल्छ नानारङ्गी खेला
आरू फूल लजाएको गोरेटो नै भरि
कुहिरोले सास फेर्छ मस्ति छरी छरी
छिल्लिएर घाम सधैँ लुकामारी खेल्छ
नाचीनाची सल्लाघारी यस्तै पोल खोल्छ
स्वर्गको आँगनमा पिरतीको मेला
रानी हिमाल बेहुलीलाई चारै दिशा घेरी
हातेमालो खेल्छ क्षितिज रङ्ग फेरी फेरी
बतासले मीठोमीठो कानेखुशी गर्छ
बिसौनीलाई इन्द्रेणीले दुईटा कथा भन्छ
मायालु संसार यो घामछायाको मेला