Last modified on 4 जनवरी 2017, at 09:32

फूललाई सोधेँ कहाँ गयो / नोर्देन रुम्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:32, 4 जनवरी 2017 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= नोर्देन रुम्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरी लग्यो त्यसैले बैगुनीले

गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरी लग्यो त्यसैले बैगुनीले
खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजी हिँड्नुपर्दा

भेट्छु होला निष्ठुरीलाई त्यो घुम्तिनिर भनी
खोजी हिँड्छ अभागी त्यो बतासले पनि
कठै बरा कसलाई होला बुझ्नै सकिनँ मैले
बित्यो युग यहाँ पर्खेको अझ छैन फर्केको