Last modified on 4 जनवरी 2017, at 16:54

स्वर्गीय कविताहरु / उमेश राई अकिञ्चन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:54, 4 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= उमेश राई अकिञ्चन |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

नाराहरुका पछि
दौड्दै
आएका
जुलुसझैँ
कहाँ
हराए
निर्माणाधिन

वि
ता
हरु

कुनै गुरिल्लाको
खबरविहीन
प्रेयसी
पीडाका
जोनी वाकर पिएर
सोचमग्न
समुद्र
नीला

वि
ता

हृयार्म्बर्गरको
पसल छेउ
टाँगिएको
नाइट मार्केटको
सस्तो व्यानर

वि
ता

निरीह
हुनसक्छ
मान्छेको प्रेम
निम्नवर्गीय
बाटाका
रेखाचित्र
नेपाल बन्द जस्तो

वि
ता

सडकमा भेटिने
कुनै मोडलजस्ती
केटीको अनुहार
सम्झन खोजेर पनि
सकिन्न सम्झन
खोज्नर्ुपर्दछ
आँखाको अन्य ठेगानामा

वि
ता

कुनै लेखापालको
नमिलेको
दाल, चिनीको
खेस्रा हिसाब
वा
कुनै सम्भ्रान्त
व्यक्तिको डस्टबिनको
टिस्यु पेपर
फालिएर
आईपुगेको कविता

ब्र
स्था
न ।