यहाँ देश एक्लो परेको छ आज इमानी शिरै यो झरेको छ आज बल्यो अग्नि ज्वाला छ रातो हिमाल डढेलो कतैको सरेको छ आज थियौं स्वाभिमानी हिजोसम्म हामी कसोरी भनूँ क्वै चरेको छ आज? र, ऐना फुटेझैं फुटेको छ भाग्य भनूँ खै कसोरी मरेको छ आज सबै हात हाम्रा उठाएर जागौं सधैं भोलि भन्दै टरेको छ आज