Last modified on 1 मार्च 2017, at 14:30

जसरी चिच्याइरहेछन् म्यानमारका भिक्षुहरू / राजव

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:30, 1 मार्च 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= राजव |अनुवादक= |संग्रह= }} {{KKCatNepaliRachna}} <p...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हिटलरसग मिल्ने
मार्कोससग मिल्ने
चाउचेस्कुसग मिल्ने
कस्तो राष्ट्रपतिको अनुहार देखिने हो शासनमा
देखियो भने के गर्ने -
सम्पर्ूण्ा भूगोल थर्किने गरी चिच्याउने
स्वतन्त्रता ... स्वतन्त्रता ... स्वतन्त्रता

कही त्यो
पिनोचेजस्तो
गद्दाफीजस्तो
गद्दारजस्तो

र, चिच्याइरहने
स्वतन्त्रता ... स्वतन्त्रता ... स्वतन्त्रता
जसरी चिच्याइरहेछन्
म्यानमारका भिक्षुहरु
स्वतन्त्रता हर्न नदिने हो भने
चिच्याइरहने
स्वतन्त्रता ... स्वतन्त्रता ... स्वतन्त्रता
जसरी चिच्याइरहेछन्
म्यानमारका भिक्षुहरु
स्वतन्त्रता बचाउन
चिच्याइरहनर्ुपर्छ
स्वतन्त्रता ... स्वतन्त्रता ... स्वतन्त्रता
जसरी चिच्याइरहेछन् म्यानमारका भिक्षुहरु