भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
जारी छ अझै सफर आफ्नो / ज्ञानुवाकर पौडेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:14, 5 मार्च 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्ञानुवाकर पौडेल |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)
जारी छ अझै सफर आफ्नो
भएर पनि छैन घर आफ्नो
आफैसित आफू टाढा किन ?
सोद्ध छ यो मन अक्सर आफ्नो
ठानेथे आत्मीय जसलाई सधैँ
उसैसित पर्यो टक्कर आफ्नो
खेल्दा खेल्दै बैँसको यो खेल
बिटुलो पो भएछु अघर आफ्नो
रूप त के धन दौलतमा पनि
रहेन मोह जीवनभर आफ्नो
सकिने रहेछ जिउन यहाँ सजिलै
बनाएर दिललाई पत्थर आफ्नो
जमेन खोई आज यो महाफिल
उठौँ अब गरौँ तरखर आफ्नो
धेरै भो 'ज्ञानु' नफर्केको गाउँ
चिन्न सकुँला के त्यो घर आफ्नो ।