भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
नजरमा तिमी छाइराख्यौ / ज्ञानुवाकर पौडेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:21, 5 मार्च 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्ञानुवाकर पौडेल |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)
नजरमा तिमी छाइराख्यौ
याद खूप आइराख्यौ ।
सुनिनौ कैले यो दिलको पुकार
दुनियाँको कुरा पत्याइराख्यौ ।
देखेर पनि मलाई नचिन्ने
चस्मा कस्तो लगाइराख्यौ ?
सँगालेर अरू कसैको सपना
दिलमा मेरो उदाइ राख्यौ ।
ठानेथेँ तिम्लाई जीवन साथी
थाङ्नामा पो सुताइराख्यौ
माग्दा हिसाब मेरो बैँसको
कुरा किन चपाइराख्यौ ?
सुनाएर मलाई मेरै गजल
दिवाना खूब बनाइराख्यौ ।