भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कायम आफ्नो पहिचान राख्नु / ज्ञानुवाकर पौडेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:51, 5 मार्च 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्ञानुवाकर पौडेल |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)
कायम आफ्नो पहिचान राख्नु !
जारी तिम्रो अडान राख्नु !
सानालाई गर्नु धेरै माया
ठूलाको संधै मान राख्नु !
जित्नु छ यदि हृदय कसैको
चोखो संधै मुस्कान राख्नु !
के भरोसा मान्छेको ? अनुहारको ?
साथमा ऐना बडेमान राख्नु !
अनिकालमा जोगाउनु बीऊ
हूलमूलमा सुरक्षित ज्यान राख्नु !
कात्रोमा गोजी हुंदैन हेर
बिक्रीमा किन ईमान राख्नु !
मन्दिर होस् गाँउ बाहिर
शहर भित्र चिहान राख्नु !