Last modified on 15 मार्च 2017, at 10:31

किन खानु झूठो कसम / रवि प्राञ्जल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:31, 15 मार्च 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रवि प्राञ्जल |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

किन खानु झूठो कसम फेरि तोड्ने भए
फूल छोडी पत्थर सँग मुटु जोड्ने भए

पारि लान्छु भनी नाउ किन खियाउनु
मझधारमा पर्दा नाउ एक्लै छोड्ने भए

किन हिंड्नु पर्यो व्यर्थै नहिंडेको बाटो
बिर्से जस्तै गरी पाइला अन्तै मोड्ने भए

भुले हुन्छ ‘रवि’ लाइ ‘जून’ सम्झे हुन्छ
अँध्यारोमै उज्यालोले सधैँ पोल्ने भए