भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सुन्दर कविता (क) / देवान किराती
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:02, 12 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया)
तिमी थियौै
म थिएँ
र पो मीठा कुराहरू थिए
मीठा खुसीहरू थिए ।
गयौ तिमी अन्तै खै कता गयौ
मैले केही सोध्न–भन्न मौकै पाइनँ ।
अचानक !
कहाँबाट ?
कसरी ?
फर्कियौ हँ तिमी ?
आज मकहाँ ।
मसँग त झन् केही पनि छैन यस बेला ।
छ ? !
ए ! त्यो गीत भनेको ?
त्यो गीत त बदलिइसक्यो नि
तिमीजस्तै ।
के ? !
ए, ए, त्यो कविताको कुरा !
आऽऽऽऽ छाडिदेऊ त्यस बेलाको कुरा
तिमीले छाड्दाको पीडाभन्दा मीठो
तिमीे जाँदाको पीडाभन्दा सुुन्दर
अरू कविता के हुनसक्छ मेरो ।