Last modified on 12 मई 2017, at 10:03

सुन्दर कविता (ख) / देवान किराती

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:03, 12 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

अस्ति नै
तिमीले लेख्नु भनेको
सुन्दर कविता
आज लेखेको छु मैले
तिमीलाई नै सम्झिएर ।

भन्थ्यौ– पूर्णिमाको साँझ जून हेर्नू
र कविता कोर्नू
हेरेको, देख्तै देखिनँ मैले त
तिमीबाहेक जून !

अब तिमी नै साँची
तिमी सुन्दरभन्दा पनि सुन्दर
कविता हौ मेरो ।