भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नागरिकता / बद्री भिखारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:33, 14 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=बद्री भिखारी |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

दिनुस् प्लिज !
मात्र, नागरिकता दिनुसमेरो मान्छेको नागरिकता दिनुस् ।

के लिनुहुन्छ
छानीछानी लिनुस् -
ग्वालियरको सर्ट-पेन्टको कपडा
बाटा कम्पनीका जुत्ता चप्पल
चौधरी ब्रान्डको छाता
इम्पोर्टेड लेदर ज्याकेट
तपाईंको इच्छा जे छ, लिनुस् ।
मानिलिनुस् यो चाँदमलको गोदाम तपाईंकै हो
मलाई थाहा छ -तपाईंको सगरमाथाले जाडो छेक्दैन
लिनुस्, ओड्ने सिरक पनि लिनुस्
ओछ्याउने सतरन्जा तन्ना जो छ, लिनुसअरू लानुस
तपाईं हिँड्न सक्नुहुन्न, यो गाडी लानुस
गाडी चलाउन सजिलो हुन्छ- यो मोबिल, तेल लानुस् ।

तपाईं हिँड्नुहुन्छ जो पिच -हामीले बनाएको हो
तपाईंका नानी पढ्नुहुन्छ जो स्कुल -हामीले बनाएको हो
तपार्इंको श्रीमतीलाई अस्पताल पुर्‌याउने एम्बुलेन्स -हामीले दिएको हो
तपाईंको भलो चाहने पुरानो दोस्त हँ, म
प्लिज, मेरो मान्छेको नागरिकता दिनुस् ।
म तपाईंसँग और केही माग्दिनँ
तपाईंको जमिन जो छ, तपाईं नै राख्नुस्
तपाईंको घर जो छ, तपाईं नै राख्नुसतपाईंलाई नै काम दिन्छ हिमाल राख्नुस्
खोला नदी जो छ, तपाईं नै राख्नुस् ! ?
तपाईंसँग धन-दौलत केही माग्दिनँ
सिर्फ, मेरो मान्छेको नागरिकता दिनुस् ।
तपाईं कुनै काम नगर्नुसतपाईंको लुगा हाम्रो मान्छेले सिलाउँछ !
तपाईंको पाइखाना हाम्रो मान्छेले सफा गर्छ !
तपाईंको दाह्री-केश हाम्रो मान्छेले बनाउँछ !!
तपाईंको देश हाम्रो मान्छेले चलाउँछ ! ?
प्लिज ! मात्र मेरो मान्छेको नागरिकता दिनुस् ।
बस् ! तपाईंको सुरक्षाको लागि लाठी लानुस्, बन्दुक लानुस
तपाईं कुनै चिन्ता नलिनुस् मात्र आराम गर्नुस्
तपाईंका खोला/नदीबाट हामी बिजुली निकालिदिन्छु
तपाईं बिजुली ताप्नुस् र हावा खानुस् !! ?

मामुली एउटा कागज न हो ।
कागज हामी दिन्छु
मसी हामी दिन्छु
सिर्फ मेरो मान्छेको नागरिकता दिनुस् ।