भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीले भनेका सारा देव छोएर / विश्वम्भर प्याकुरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:28, 15 मई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिमीले भनेका सारा देव छोएर
म कहाँ किरिया खान कहाँ सक्छु र
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैँलाई भाकेर

तारालाई साक्षी राखेर वाचा नै कहिले खाएथें
पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथें
अनि वाध्यताको के कुरा? पाप धर्मको के कुरा
विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथें

रातभर तिमी रोइदिँदा रोएथें म केही बेर
केही बेर तिमी हाँसिदिँदा हाँसेथें म धेरै बेर
अनि पौरुषताको के कुरा? कोरा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने दुखमा कहिले रोएथें