भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
अब सत्यलाई पनि साक्षी चाहिएको छ / अभय श्रेष्ठ
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:48, 18 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अभय श्रेष्ठ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)
अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।
यद्यपि दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोस“गै
जिन्दगीको शाश्वत सत्यको खोजीमा हि“डिरहेका छन् मानिसहरू
तर, सत्य र उज्यालोकै अस्तित्वमा प्रश्न पनि उठाइरहेका छन् ।
अब कविताले मात्र
कविलाई कवि सावित गर्न सक्दैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ ।
यद्यपि साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रुमाल भएको छ ।