जीवन भनूँ त घात छ
मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति?
हर गीतमा चित्कार छ
न बास छ न आश छ
मान्छेहरुकै त्रास छ
जहाँ म खोज्छु उठूँ भनेर
त्यहीं असारे भास छ
अँध्यारो छ, ओह्रालो छ
खेद्नेहरुकै लाम छ
चर्किसके चाहना सबै
दुख्ने मुटु चाहीं बाँकी छ