Last modified on 21 मई 2017, at 13:00

मेरो पनि छ दोष भन्दै / राजेन्द्र थापा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:00, 21 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेन्द्र थापा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ
घर बिग्री सक्दा पनि मेरो किन भूल भन्दैनन् यहाँ

दह तातेर कालो बादल म देख्छु घरको चारैतिर
के पानी नपरीकन नै कुनै मूल फुट्दैनन् यहाँ
जीवनलाई कोट्यांउदै रगत कति बगाउने होला
के रगत बिना नै मनमा कुनै फूल फुल्दैनन् यहाँ

मानिसै भएर पनि किन यति पनि छैन वेदना
के आफैं नलडेसम्म त अर्काको शूल गन्दैनन् यहाँ
जहिले पनि जहाँजहाँ हेर्छ छाति छाति छुट्टेकै देख्छु
के छुट्टेको मन जोडिने कुनै पुल खुल्दैनन् यहाँ