Last modified on 23 मई 2017, at 10:53

कुकुरहरूले ताराहरू समाते / विमल गुरुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:53, 23 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatN...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तिम्रो पाएँ पत्र
थाहा पाएँ
गिरफ्तार
भएछन् ताराहरू !

समातेछन्
कुकुरहरूले ताराका जमात ।

मेरा प्रिय ताराहरू !
तिमीहरू अझ
जोडतोडले चम्क
म पनि चम्कन्छु ।

कुकुरहरूले
ताराहरू समाते !

कुकुरहरूले
चन्द्रमाहरू समाते ! !

तर, कहाँ छौ यति सीमित ?

तर, कहाँ छौ र यति मुठ्ठीभर
कहाँ सकिएला र !
सम्पूर्ण ताराहरू झोलामा हाल्न ! !
कहाँ सकिएला र !
सम्पूर्ण चन्द्रमा दराजमा हाल्न !

कुकुरहरूले ताराहरू समाते
कुकुरहरूले
मौरीका गोलाहरू समाते ।