Last modified on 26 मई 2017, at 08:54

समय र कवि / निमेष निखिल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:54, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= निमेश निखिल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

लेख्दालेख्दा मन रोएका हरफहरू
बेथितिका प्रसङ्ग र प्रतिकूलताका प्रहरहररू
भयभीत छ कवि
कतै भागेर नजाऊन् पीडाका अभिलेख
आफ्नै कविताबाट दिनदहाडै

पङ्क्तिहरू हराएको एउटा थोते कविता कस्तो देखिएला -
कल्पना गरिरहेछ कवि

त्यो भयानक परिदृश्य कस्तो होला -
जब निस्केर कविताबाट वेदनाका हरफहरूको लाम
कविविरुद्ध नारा लगाउँदै हिँड्ला सडकमा !

कविहरूको निरीह जमातले चिर्ला कसरी -
पीडित आफ्नै काव्यहरफहरूको महाभियोग
कसले गर्ला वार्ताको मध्यस्थता विद्रोही हरफहरूसँग -
अनि के होला सहमतिको बिन्दु -
प्रतिरोधका अश्रुग्याँस र गोलीको वर्षा छिचोल्दै
कसरी अदालतसम्म पुग्ला दुःखी हरफहरूको ताँती -
र दायर गर्ला एउटा रिट निवेदन
कविहरूका विरुद्धमा !

आखिर कहिले आउला -
कवितामा पीडा लेख्नुनपर्ने दिन
आजकल यही सोचिरहेछ एउटा कवि ।